कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं— तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए ।
आरोहण सकेर नेपाल फर्कने क्रममा उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गरिन् ।
पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघलगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था एवम् आरोहीहरुको विमानस्थलमा उपस्थित थियो ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० ०९:४६