News Griha :: न्यूजगृह
सांसद आरजुविरुद्ध टिकटक बनाउन नपाइने 

काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा संगठन तरुण दलले विज्ञप्ति निकालेको छ ।

शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानूनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवम् मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झुटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सुवास बोहरा भन्ने नामको टिकटक आइडीबाट कलाकारिताको मर्यादा र गरिमालाई नै बिर्सेर सांसद देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति रहेको केन्द्रीय सदस्य सरोज न्यौपानेले बताए ।

‘उक्त कार्यमा संलग्न व्यक्ति वा समूहलाई तीन दिनभित्र कानूनको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छौँ’, सदस्य न्यौपानेले भने,‘आग्रहलाई बेवास्ता गरी कारबाही गर्न आलटाल गरे आफैं प्रतिकारमा उत्रने छौँ ।’

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:०५
Weather Update