News Griha :: न्यूजगृह
शनिबार यी राशी हुनेलाई लाभैलाभ

साउन २० गते  । चतुर्थी, अधिक श्रावण कृष्णपक्ष । तपाईंको राशिफल

मेष

दिन राम्रो छ । राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत् रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ । आम्दानी बढ्नेछ ।

वृष

बोल्दा ख्याल गर्नुहोला । शत्रु बढ्नेछन् । अरु सबै क्षेत्र यथावत् छन् । व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ ।

मिथुन 

दिन सामान्य राम्रो छ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । आफ्नो प्रभाव बढ्नेछ । राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ । मानसम्मान पाउने योग रहेको छ ।

कर्कट 

दिन सामान्य राम्रो छ । धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ । मानसम्मान बढ्नेछ । रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ ।

सिंह

दाम्पत्य जीवन सुखमय रहला । राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ । आम्दानी पनि बढ्ने दिन रहेको छ । पठनपाठनमा भने आलश्य बढ्नेछ । सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ ।

कन्या 

दिन सामान्य राम्रो छ । आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन् । पठनपाठनमा रुचि बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । आत्मबल बढ्नेछ ।

तुला 

आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ । पठनपाठनमा रुचि बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ । पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ । धार्मिक क्षेत्रमा मन जानेछ ।

वृश्चिक 

दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला। सोचेर मात्र बोल्नुहोला ।

धनु 

आफूले गरेका कामबाट सन्तोष मिल्नेछ । राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुने छ । शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ । व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ । रोगबाट छुटकारा मिल्नेछ । प्रेममा धोका पाइनेछ ।

मकर 

बोलीको प्रभावले ठूलो फाइदा हुनेछ । अन्य क्षेत्र यथावत छन् । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ । खुसी बढ्नेछ । परिवारिक सुख प्राप्त हुनेछ ।

कुम्भ 

दिन सामान्य राम्रो छ । बोलीमा मिठास आउनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ । स्वास्थ्यमा समस्या हुनेछ ।

मीन

प्रशंसा पाउने दिन छ । खुसी बढ्नेछ । वैदेशिक मामिलामा सफलता मिल्नेछ । प्रेममा भने संघर्ष गर्नुपर्नेछ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०६:०२
Weather Update