भारत लैजान लागेको सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भन्सार छली लैजान लागेको करिब एक सय ग्राम तौलको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतीय नागरिक ४२ वर्षीय इस्हाबको साथबाट एक थान बाला फेला परेपछि शुक्रबार पक्राउ गरेको हो । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमान स्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमान स्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १५:५८