भारतीय नक्कली नोटसहित एक जना पक्राउ

बाँके— नेपालगञ्ज उपमहानगर–४ पुष्पलाल चोकबाट दुई सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नारायणी नगरपालिका–६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई रहेका छन् ।
विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १२:४०