News Griha :: न्यूजगृह
कस्तो छ शुक्रबार तपाईंको राशिफल ?

साउन १९ गते शुक्रबार । अधिक साउन कृष्ण तृतिया तिथि । पञ्चाङ्ग शोभन विष्टि । भद्रा शतभिषा ।

मेष

टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाईसँग मन प्रसन्न रहनेछ ।

वृष

व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

मिथुन

स्वास्थ्यमा सुधार आउनेछ ।  व्यपार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कर्कट 

रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ ।

सिंह

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

कन्या

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

तुला

सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

वृश्चिक

सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

धनु

नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

मकर

परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ ।

कुम्भ

सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

मीन

साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०५:४९
Weather Update