News Griha :: न्यूजगृह
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई आरोपी रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई थुनामुक्त गरेको हो । 

पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई सीआईबीले थुनामुक्त गरेको हो ।

पोखरेललाई स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएपछि छोडिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताए । 

खेतानलाई आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको आचार्यले बताए । ललिता निवास जग्गा प्रकरणमा अब २० जना हिरासतमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:०७
Weather Update