
काठमाडौं— बिहीबार बिहान देशका केही भू–भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
बाग्मती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयको सम्भावना रहेको छ ।













