कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा

बैतडी— भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो ।
भारतमा संक्रमण तीव्ररूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको जोशीको भनाइ छ । चैत्र महिनायता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ५८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण जारी रहेको कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ २१:२६