साउनको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले यस दिन उनको पूजा आराधना तथा शुद्ध जल अर्पण गर्नाले आशुतोष भगवान् खुसी हुने विश्वास गरिन्छ । साउनको सोमबार पशुपतिनाथलगायत शिवालयमा विशेष पूजा आराधना गर्ने भक्तजनको पनि भीड लाग्ने गर्छ । यस वर्ष भने साउनमा अधिकमास रहेकाले साउनको सोमबारको व्रत गर्नेले व्रत गर्नु हुने वा नहुनेमा मतान्तर रहेको छ । साउनमा प्रत्येक वर्ष भगवान् शिवको पूजा आराधना गरिने नित्य कर्म भएकाले गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर भएको हो ।
साउनको तेस्रो सोमबार आज पनि पशुपतिनाथलगायत शिवालयमा भेला भएका भक्तजनमध्ये धेरैजसो बर्तालु महिला रहेका छन् । साउनको सोमबारका अवसरमा आज राजधानीको गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।








![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






