News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसबन्धी पत्रको ब्यहोरा पढेर सुनाइने कार्यसूची रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार,मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक,२०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०६:४२
Weather Update