News Griha :: न्यूजगृह
जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ

महेन्द्रनगर— वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा विगत छ वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुर प्रहरीले आइतबार  पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जिल्ला अदालत कञ्चनपुरबाट वि.सं.२०७४ भदौमा वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा एक वर्ष कैद भइ फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का किसन सिंह कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।

घर छेउछाउमा लुकिछिपी बस्दै आएको अवस्थामा फरार अभियुक्त कार्कीलाई प्रहरीले जिल्ला अदालतमा पेश गरी अदालतले सजाय भुक्तानका लागि कञ्चनपुर कारागार पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विभिन्न मुद्दामा कैद सजाय भएका अभियुक्त प्रक्राउ गर्न जिल्लाभर प्रहरी सक्रिय रहेको छ ।

प्रहरीले कञ्चनपुरबाट गत आव २०७९/८० मा ७२ फरार अभियुक्तलाई पक्राउ गरी कैद सजायका लागि कारागार पठाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २१:३६
Weather Update