मन्त्रिपरिषद् बैठक : कर्मचारीसम्बन्धी यस्तो निर्णय

मकवानपुर— बाग्मती प्रदेश सरकारले विभिन्न कार्यालयका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
आइतबार (१४ साउन) बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले दुई कर्मचारीलाई ११औं तह (प्रदेश सचिव) मा बढुवा गर्नेसमेत निर्णय गरेको छ ।
त्यसैगरी स्वास्थ्यसेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औं तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १७:५०