News Griha :: न्यूजगृह
प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा रूपन्देहीबाट दुई जना पक्राउ

काठमाडौं— प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा रूपन्देहीबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सियारी गाउँपालिका— ७ अमुवा बस्ने ३० वर्षीय लालबहादुर थारु र ४० वर्षीय जितबहादुर थारु छन् । सियारी गाउँपालिका— ७ अमुवामा भएको सांस्कृतिक रमाइलो मेलामा उनीहरुले झगडा गरेका थिए ।

सम्झाई बुझाई गर्ने क्रममा उनीहरूलेइलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीमाथि नै दुर्व्यवहार गरेपछि पक्राउ गरिएको रूपन्देही प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:२६
Weather Update