News Griha :: न्यूजगृह
सिरहा र सप्तरी सिमानाकाे बलान नदी नियन्त्रण गर्न तटबन्ध निर्माण
फाइल तस्बिर

लहान— लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ ।

नदीले पश्चिम किनार रहेका लहान–२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो ।

अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा बालुवा राखेर तटबन्ध निर्माण गर्न सुरु भएको हो । यस कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पनि सहभागिता र सहयोग छ । 

शनिबार लहान नगरपालिकाका प्रमुख महेश चौधरीको अगुवाइमा जिल्लास्थित प्रतिनिधि सभा सांसद रामशङ्कर यादव, प्रदेश सभा सदस्य ललिता दास, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:११
Weather Update