News Griha :: न्यूजगृह
दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते 
तस्बिर : सुशीला ओली/रासस

दाङ— दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लमही—घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको  ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् । घाइते हुनेमा लमही नगरपालिका— २ बस्ने वर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी छन् ।

घोराहीतर्फ आँउदै गरेको ट्रकको घोराही उपमहानगरपालिका— ३ भैंसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो । टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुँदा ट्रक सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।

त्यस क्रममा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १४:४७
Weather Update