पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

काठमाडौं— मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
उक्त सडकखण्डको काली खोला नजिक गएको पहिरो सडक डिभिजन कार्यालय चितवनले पन्छाएपछि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय चितवनको तैनाथ अवस्थामा राखिएको मेशिनले पहिरो पन्छमएपछि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
वर्षायाममा उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर यातायातव सेवा अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० ०६:१०