News Griha :: न्यूजगृह
आज पद्मिनी एकादशी व्रत, कस्तो छ तपाईंको राशिफल ?

साउन १३  गते शनिबार । अधिक साउन शुक्ल एकादशी तिथि । पञ्चाङ्ग ः ब्रह्म विष्टिरभद्रा ज्येष्ठा । आज पद्मिनी एकादशी व्रत । विश्व बाघ दिवस । राशिफल यस्तो छ ।

मेष

आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ ।

वृष

पढाइलेखाइमा प्रगति हुनेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

मिथुन

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

कर्कट

घरेलु काममा रुचि बढ्नेछ । धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ । सवारीमा समेत सावधानी अपनाउनुपर्ला । स्वास्थ्यमा केही समस्या देखिन सक्छ ।

सिंह

मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ ।

कन्या

दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन् । व्यापार व्यवसायमा फाइदा हुनेछ । रमाइलो यात्राको योग रहेकोछ ।

तुला

साथीभाईसँग रमाइलो भेटघाट हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । अरुले तपाइको मेहनत र इमान्दारिताको खुलेर प्रसंसा गर्नेछन् ।

वृश्चिक

परोपकारी काममा रुचि बढ्नेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

धनु

सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइलेखाइमा प्रगति हुनेछ ।

मकर

शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन । विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ ।

कुम्भ

स्वास्थ्यमा केही समस्या आउने देखिन्छ । आफन्तसँग असमझदारी बढ्न सक्छ । लामो समयपछि साथीभाईसँग भेटघाट हुँदा मन खुसी रहनेछ ।

मीन

टाढाको यात्राको सम्भावना देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ । मेहनत गर्दा गेरको कामहरु सफल हुनेछन् ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०५:५१
Weather Update