हवाई सुरक्षाका लागि विशेष ‘टास्क फोर्स’ गठन

काठमाडौं— मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले वायु सेवा सञ्चालकको छाता संगठन वायु सेवा सञ्चालक संंघ नेपालले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ ।
संघले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा क्याप्टेन हिराबहादुर दाहाल, रवि कंसाकार र नारायणबहादुर डंगोल रहेका छन् ।
समितिले एक महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने छ । प्रतिवेदनमा समेटिएका कमीकमजोरीलाई संघले विधि र प्रक्रियाबारे थप अध्ययन गरेर हवाई उद्योगलाई सुरक्षित बनाउनेतर्फ लाग्ने जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० २१:३४