News Griha :: न्यूजगृह
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को संशोधन विधेयक पारित नगर्न आग्रह 

काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले संसदमा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को संशोधन विधेयक पारित नगर्न सचेत गराएको छ ।

समाजले विधेयकप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार सभामुख घिमिरेको कार्यालय र अध्यक्ष तिमल्सिनाको कार्यालय सिंहदरबारमा भएको छुट्टाछुट्टै भेटघाटमा शान्ति समाजका तर्फबाट ज्ञापनपत्र प्रस्तुत गर्दै ध्यानाकर्षण गराइएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ,‘कुनै पनि विधेयक तर्जुमा गर्दा नै लोकतन्त्र र आधारभूत स्वतन्त्रताका मूल्यहरुप्रति संवेदनशील हुँदै नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय मानव अधिकार/मानवीय कानून अनुकूल हुनुपर्छ ।’

सो विधेयक पारित भएमा हिंसालाई वैधानिकता प्रदान गर्ने खतरा रहेको हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को संशोधन विधेयक कुनै हालतमा पारित हुनुहुँदैन भन्ने शान्ति समाजको धारणा सभामुखलाई अवगत गराइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १८:१२
Weather Update