नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ

काठमाडौं— नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् । उनले शुक्रबारदेखि कार्यभार सम्हालेका हुन् ।
प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले विदेश गएपछि केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् । उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १६:४४