चित्लाङ जाँदै गरेको गाडी दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं— थानकोटबाट मकवानपुरको चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार गाडी चन्द्रगिरी नगरपालिका— ४ पानीघाट नजिक भीरबाट करिब २ सय मिटर तल खसेको थियो ।
उक्त गाडीमा पाँच जना थिए । ३ जनाको उद्धार गरिएको डीएसपी अधिकारीले बताए । हिलोमा फसेको उक्त गाडीलाई धकेल्दा ओभर स्पिड भई सडकबाट खसेरको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १५:२७