News Griha :: न्यूजगृह
देश अस्थिरतातर्फ गइरहेको छः राजेन्द्र लिङदेन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका छन् ।

बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताए । अध्यक्ष लिङ्देनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे । 

उनले भने, ‘हामी सरकारमा हुनु वा नहुनु तपसिलको कुरा हो । तर देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी छ । तर अहिले जुन प्रकारको प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू झनै तीब्र रूपले बढी रहेका छन् । त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन । देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएका छन् ।’
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १२:५८
Weather Update