News Griha :: न्यूजगृह
कर्मचारीलाई कडाइ

खोटाङ— दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाइदिएको छ ।

बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँडेको भन्दै नगरपालिकाका आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैटौँ रामप्रसाद आचार्यको चार/चार दिन, लेखापाल नवराज रिजालको एक दिन र अमिन सुमनकुमार देवको सात दिनको हाजिरी पुस्तिकामा नगरपालिकाले रातो मसी लगाइदिएको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईले बिहीबार बिहान १०:४५ बजे गरेको छड्के अनुगमनका क्रममा बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको पहिचान गरेर हाजिरीमा रातो मसी लगाउन निर्देशन दिए  ।

नगरप्रमुख भट्टराईको निर्देशनमा प्रशासन शाखा सहायक जानुका श्रेष्ठले हाजिरी फाइल चेक गर्दै चार जना कर्मचारीको हाजिरीमा रातो मसी लगाइन् ।

कारबाहीमा परेका कतिपय कर्मचारी कार्यालयको कामभन्दा बढी राजनीतिक क्रियाकलापमा सक्रिय रहने गरेको पाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०६:२४
Weather Update