News Griha :: न्यूजगृह
विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृति नभुलौं : अर्थमन्त्री डा.महत

काठमाडौं—अर्थमन्त्री डा.प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताएका छन् ।

बिहीबार काठमाडौंमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाली संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताए ।

उनले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतिपूर्ण रहेको बताउँदै नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताए ।

‘विदेशी संस्कृति ग्रहण गर्नुहुँदैन थियो । बाहिरको कुरा राम्रो हो भनेर ग्रहण गरिरहेका छौं । त्यो नेपालको सन्दर्भमा चुनौतीपूर्ण हो ।  नेपालीको खानपान,जीवनशैली आत्मसाथ गरेका छौं । त्यसमा हामीले पुनःविचार गर्नुपर्ने भएको छ । मैले रैथाने बालीलाई यो वर्षको बजेटमा संरक्षण गर्ने कुरा गरेको छु । हामीले बाहिरको सकारात्मक कुराहरुलाई ग्रहण गर्नुपर्छ । नेपाली सभ्यताको मुख्य चिजलाई स्थापित गर्ने गरी काम गर्नुपर्छ,’ उनले भने ।

उनले नेपाली रैथानेबालीभित्र पर्ने कोदोको ढिँडो अहिले उत्कृष्ट देखिएको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:१५
Weather Update