News Griha :: न्यूजगृह
दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ— दाङको लमही नगरपालिका–१ गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

गम्भीर घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ ।

मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:०५
Weather Update