News Griha :: न्यूजगृह
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, आज पुनः बस्ने

काठमाडौं— मन्त्रालयको टुंगो लगाउन आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालयको भागबन्डा मिले पनि मन्त्रालयको बाँडफाँट टुंगो लागेको छैन ।

बैठकमा सहभागी एक नेताका अनुसार बिहान ८ बजे बसेको बैठकमा मन्त्रालयबारे सहमति जुट्न सकेन । प्रधानमन्त्री चितवनतर्फ लागेको र फर्केपछि आजै बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुने ती नेताको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्नेबारे आफूले गरेको मन्त्रालयको बाँडफाँट निर्णय सुनाउने बताइएको छ ।

भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड चितवन गएका छन् ।

यो पनि
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, के छन् एजेन्डा ?

मन्त्रालय भागबन्डा : कसलाई कति ?

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०९:३५
Weather Update