कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौं— सत्ता साझेदार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
‘पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगरमा २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने ।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहनेछ । यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक दुई दिनपछि बिहिबारका लागि सारिएको हो ।
बैठकमा पार्टीको नेतृत्व गरी सरकारमा कसलाई पठाउने र आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवार छनोटको विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ ०६:३८













