मन्त्रालय भागबन्डा : कसलाई कति ?

काठमाडौं— सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा टुंग्याएको छ । आज बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले भागबन्डा टुंग्याएको हो ।
बालुवाटार स्रोतका अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २ मन्त्रालय पाउने छन् ।
त्यसैगरी जनमत, लोसपा, नाउपा र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले १/१ मन्त्रालय पाउने छन् ।
आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा सहभागी हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १८:५१













