News Griha :: न्यूजगृह
१०० किलो सुन तस्करी प्रकरण : यी व्यापारीको घरमा राजस्व विभागको छापा

काठमाडौं— त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १०० किलो सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ ।

विभागले बुधबार उनको कमलपोखरीस्थित निवासमा छापा मारेको हो । विभाग स्रोतका अनुसार अडुकिया भने भागिसकेको आशंका छ ।

१०० किलो सुन ल्याउने ‘रेडी ट्रेडर्स’ नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका छ । यो विषयमा विभागले अनुसन्धान गरिरहेको छ ।

बुधबार नै सुन तस्करीमा संलग्न रहेको आशंकामा सुरेन्द्र तामाङ पक्राउ परेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:१२
Weather Update