News Griha :: न्यूजगृह
जुरे पहिरो पीडितलाई ८ वर्षपछि नगद राहत 

काठमाडौं— सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ८ वर्षपछि नगद राहात पाउने भएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समिति मार्फत् पीडितले राहत रकम पाउन लागेका हुन् ।

स्थानीय तहको समन्वयमा पीडितको तथ्यांक यकिन गरी मापदण्ड बनाएर रकम दिनका लागि निर्देशन भएको सिन्धुपाल्चोक–१ सांसद माधव सापकोटाले जानकारी दिए ।

उनका अनुसार नेपाल बैंक लिमिटेड, चौतारा शाखामा रहेको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउनका लागि मन्त्रिपरिषद्को निर्णयसँगै अब खुला हुन पुगेको छ ।

२०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिदा गएको पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको विवरण सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०८:४२
Weather Update