देशभर राम नवमी मनाइँदै

काठमाडौं— रामको पूजा आराधना गरी देशभर राम नवमी मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन राम नवमी मनाउने गरिन्छ ।
आजको दिनलाई भगवान् श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका रामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जनकल्याण गरेको सम्झनामा राम नवमी मनाइने गरिएको हो ।
आजको दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ । रामप्रति आस्थाभाव राख्नेहरू राम मन्दिरमा गएर पूजा आराधना गर्ने गर्दछन् ।
आज जनकपुरको रामजानकी मन्दिरमा पनि पूजाआजा हुन्छ ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ ०८:३०