राष्ट्रपति पौडेलको प्रमुख आर्थिक सल्लाहकारमा नेपाल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा.चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार सल्लाहकार नियुक्त गरेका हुन् । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुन् भने कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुन् ।
राष्ट्रपतिका प्रमुख आर्थिक सल्लाहकार नेपाल र कानुनी सल्लाहकार कुँवरले नियुक्ति पत्र पाइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ ०७:२३