News Griha :: न्यूजगृह
रुपन्देहीको भड्छा गाउँ डुबानमा, तिनाउले पार गर्‍यो खतराको तह
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बुटवल उपमहानगरपानिका– ११ बुद्धनगरस्थित तिनाउ नदीमा आएको बाढी । बाढीका कारण छेउछाउमा रहेको बस्तीहरु जोखिममा परेका छन् । तस्बिर : सुमित्रा अधिकारी/रासस

रुपन्देही— अविरल वर्षाका कारण सैनामैनास्थित भड्छा गाउँ डुबानमा परेको छ ।

स्थानीय खोलामा आएको बाढीले सैनामैना नगरपालिका— ८ भड्छा निवासी शंखमुनी थारूको घर डुबानमा परेको हो । उद्धारको लागि घर इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी टोली खटिएको छ ।

यसैबीच, रूपन्देही, नवलपरासी, पाल्पा, प्यूठान लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ नदीको जलसतह उच्च खतराको तहभन्दा निकै माथि पुगेको छ । दिउँसो १२ बजेसम्म तिनाउमा जलसतह बढ्ने उच्च जोखिम रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:३०
Weather Update