News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनबीच भेटवार्ता भएको छ ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा सोमबार भएको भेटमा खाद्य सुरक्षा, गरिबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकोे छ ।

विश्व खाद्य कार्यक्रमले नेपालमा पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।

सोमबार नै प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच पनि भेटवार्ता भएको थियो । 

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०६:४६
Weather Update