स्थानीय तहलाई सामान्य प्रशासनको पत्र

काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमा रिक्त पदहरुको विवरण माग गरेको छ ।
निर्वाचन पश्चात जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको पद रिक्त भए निर्वाचन आयोग र संघीय मामिला मन्त्रालयलाई बुझाउन परिपत्र गरेको हो ।
मन्त्रालयका संघीय मामिला शाखा अनुसार विवरण निर्वाचन आयोगमा बुझाएपछि आवश्यकताका आधारमा उपनिर्वाचन गर्ने आयोगको तयारी रहेको छ ।
यस्तो छ पत्र
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० २०:०२