जसको शरीरमा चरेश फेला पर्यो

काठमाडौं— पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवा स्थित सीमा इलाकाबाट सोमबार सशस्त्र प्रहरीले ६ किलो चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्रका प्रवक्त तथा डीएसपी शैलेन्द्र थापाका अनुसार कालिकामाई गाउँपालिका–१ मुडुली बस्ने ४४ वर्षीय प्रेम पासवानलाई नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो ।
ना ३० प ४४४३ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका पासवानले शरीरको विभिन्न भागमा लुकाइ राखेको अवस्थामा उल्लेखित चरेश फेला पारेको हो ।
नियन्त्रणमा लिइएका उनलाई बरामद चरेश तथा मोटरसाइकल सहित आवश्यक कारर्बाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १७:३०