News Griha :: न्यूजगृह
सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन

काठमाडौं— बाढी पूर्वानुमान महाशाखाले सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जनाएको छ ।

उक्त क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

सो क्षेत्र भई बहने ससाना खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुबान भइरहने होचा स्थानमा रहनेहरुले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०७:५३
Weather Update