News Griha :: न्यूजगृह
‘हाजिर गरेर सांसदहरू हिँड्ने प्रवृत्ति देखियो’

काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसदकाे सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले संसद्मा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको बताए ।

‘प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरू हुनुहुन्न’, उनले भने,‘संसद् हाजिर गर्ने र हिँड्ने (हाटा) माध्यम नबनोस् ।’

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २२:१०
Weather Update