पहिरो पन्छाएपछि भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

मकवानपुर— बाग्मती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने भैंसे–भीमफेदी सडकखण्डमा आइतबार अपराह्न गएको पहिरो पन्छाई यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।
उक्त सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा आज अपराह्न खसेको पहिरो पन्छाई केहीबेर अघिदेखि यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पहिरो जाँदा भीमफेदी हुँदै काठमाडौं, सिस्नेरी, फाखेललगायत भीमफेदीको विभिन्न स्थानमा जाने र ती सडकखण्ड हुँदै हेटौँडातर्फ आउने यातायात अवरुद्ध भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १८:५४