सुनको चर्चा
१०० किलो सुन प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडौं— १०० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारीसहित ६ जना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । ६ जनासँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।
सुन भन्सार पास गराउन संलग्न आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।
यसअघि सुन तस्करीमा संलग्न १० जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १७:५६