News Griha :: न्यूजगृह
धनुषाको मुखियापट्टीमा गोली हानेर एक महिलाको हत्या

काठमाडौं— धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बेल्ही बस्तीभन्दा करिब ५० मिटर उत्तर पूर्वको सडकमा एक जना महिलाको गएराति अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

धनुषाको सीमावर्ती क्षेत्रमा गएराति भएको घटनामा गोली लागेर घटनास्थलमै महिलाको मृत्यु भएको छ । यद्यपि महिलाको पहिचान भने खुल्न सकेको छैन ।

धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले घटनास्थल भारतीय भूमि परेकाले मृतक महिलाको पहिचान हुन नसकेको र शव भारतीय प्रहरीले नै लगेको जानकारी दिए ।

खड्काको अनुसार घटनास्थलमा २ वटा गोलीको खोका फेला परेको छ । महिलाको हत्या गर्ने समूह र मृतक महिला पनि भारतीय नागरिक हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०९:२३
Weather Update