विदेश भ्रमण
प्रधानमन्त्री दाहाल इटाली प्रस्थान
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् ।
दाहाल कतार एअरलाइन्सको उडानमार्फत इटाली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ ।
दाहालसँगै कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी छन् ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० १८:२७