News Griha :: न्यूजगृह
आईजीपी कुँवर भन्छन्- लट्ठी र बन्दुक बोकेर गरिने ड्युटीबाट प्रहरीले जस पाउँदैन
फाइल तस्बिर ।

काठमाडौं— प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई वृहत बनाउन जरुरी रहेको बताएका छन् ।

सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउनुपर्ने आवश्यकता रहेको उनको तर्क थियो ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा आईजीपी कुँवरले अबको जमानामा लट्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पारे ।  

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:१७
Weather Update