News Griha :: न्यूजगृह
नेपाल प्रहरीका १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं— नेपाल प्रहरीका १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् । 

बिहीबार बसेको बढवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ् उपसमूह, सञ्चारतर्फ १ जना, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सातर्फ १४ जना र प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ् उपसमूह, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना गरि १६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।   

सूचना प्रविधि कम्प्युटरतर्फ ई. जितनारायण यादव बढुवा सिफारिस भएका छन् । त्यस्तै, इन्जिनियरिङ् उपसमूह, सञ्चारतर्फ भने अजयकुमार जयसवाल बढुवा सिफारिस भएका छन् । 

 

बाँकी को को? हेर्नुहोस् सूची

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:३५
Weather Update