चट्याङ्ग लागेर वडासदस्यको मृत्यु

रोल्पा— गएराति परेको चट्याङ्ग लागेर एक जना वडासदस्यको मृत्यु भएको छ ।
चट्याङबाट सुनछहरी गाउँपालिका– ३ कुइपाधाराकावडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक घर्तीमगर भाइको घरमा सुतेको बेला चट्याङ लागेको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १५:३१