News Griha :: न्यूजगृह
निउरो टिप्न बाघमारा वन गएका वृद्ध मृत भेटिए 

चितवन— सौराहासँग जोडिएको बाघमारा सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका– ६ का ७५ वर्षीय नवराज अधिकारीको बिहीबार जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।

साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्नेक्रममा उनी मृत भेटिएका हुन् । अधिकारीको शरीरका विभिन्न भागमा चोट छ।

उनको शरीरमा लागेको चोट र घटनास्थलको प्रकृति हेर्दा जंगली जनावरको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय डीएसपी विजयराज पण्डितले जानकारी दिए। 

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:५०
Weather Update