News Griha :: न्यूजगृह
दाङमा वृद्धामाथि सामूहिक बलात्कार, २ जना पक्राउ 

दाङ— बिहीबार राति तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ ।

वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यानको कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:२६
Weather Update