तीन दशकपछि १८ किलोमिटर सडक कालोपत्रे गरिँदै

राजविराज— तीन दशकपछि सप्तरीको कठौना–पातो सडकखण्डमा कालोपत्रे हुँदैछ । झण्डै १८ किलोमिटर दक्षिण पातोदेखि उत्तर राजमार्गको कठौना बजारसम्मको बाटोमा कालोपत्रे गर्न सुरु गरिएको हो ।
उक्त मार्गमा सुरु गरिएको कालोपत्रे आगामी असोज–कात्तिकभित्र सम्पन्न हुनेगरी कार्यको शुभारम्भ भएको सप्तरी क्षेत्र नं ३ का सांसद दिनेशकुमार यादवले बताए ।
संघीय सरकारबाट प्राप्त ७० करोड ४० लाखको बजेटबाट अहिले सडकमा कालोपत्रे भइरहेको छ ।कान्छाराम कन्ट्रक्सनमार्फत उक्त सडकमा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ ।
केही मात्रामा ग्राभेल गरी अलपत्र छाडिएका उक्त सडकखण्ड वर्षामा हिलाम्मे र सुक्खायाममा धुलाम्मे हुँदा सर्वसाधारण कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० ०६:५१