News Griha :: न्यूजगृह
यी सचिवहरूको सरुवा

काठमाडौं— नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय, मुकुन्द निरौलालाई उद्योग मन्त्रालय, सुरेश अधिकारीलाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

पर्यटन मन्त्रालयमा भारतमणि सुवेदी,वित्त आयोगमा रामकृष्ण सुवेदी, युवा तथा खेलकुद मन्त्रालयमा रविलाल पन्थलाई सरुवा गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

सूर्य गौतमलाई निर्वाचन आयोगमा, तोयम रायलाई तथ्यांक कार्यालयमा, दामोदर रेग्मलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्ने पक्का भएको छ ।

त्यसैगरी गोपी खनाललाई प्रधानमन्त्री कार्यालय,गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा, घनश्याम उपाध्यायलाई बाग्मती प्रदेश र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशमा सरुवा गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:०७
Weather Update